धनकुटामा जीप दुर्घटना हुँदा ७ जना घाइते

विराटनगर । पाख्रिवास नगरपालिका–१० चुङवाङमा आज दिउँसो जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । हिलेबाट चुङवाङतर्फ गइरहेको को १ च १६१९ नम्बरको पिकअप जीप भारती माध्यमिक विद्यालयको छेउमा सडकदेखि करिब ५० मिटर तल खसेको थियो ।

प्रहरी घटनास्थलमा पुगिसकेको छ । घाइतेहरूलाई उपचारका लागि अस्पताल लैजाने काम भइरहेको प्रहरीले जनाएको छ ।

गाडीको चक्का पड्किएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको हिले प्रहरी चौकीका इन्चार्ज अर्जुन कार्कीले बताउनुभयो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Back to top button