प्रदेशका मुख्यमन्त्रीहरु आलोपालो नेतृत्व गर्ने गरी परिवर्तन हुन्छन् : माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरुले प्रधानमन्त्रीलाई सहयोग नगरेका कारण सत्ता गठबन्धन परिर्वतन गर्नुपरेको दाबी गरेको छ ।

बालुवाटारको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिरदेखि सरकार पुनर्गठन चाहेपनि कांग्रेसले साथ नदिएको दाबी गर्नुभएको हो ।

उहाँले प्रधानमन्त्रीलाई सरकारका मन्त्री परिर्वतन गर्न नदिनु, अर्थमन्त्रीले काम नगर्नु र अरु मन्त्रीहरुले प्रधानमन्त्रीलाई सहयोग नगरेको दाबी गर्नुभयो।

‘सरकारका मन्त्रीले गति लिन नसकेपश्चात प्रधानमन्त्रीले मंसिरदेखि सरकार पुनर्गठन चाहनुभएको थियो । तर, जनताको काममा अघि बढाउन कांग्रेसका मन्त्रीहरुको सहयोग भएन, काम गर्न सहज भएन।’

सचिव पौडेलले प्रदेशका मुख्यमन्त्रीहरु आलोपालो नेतृत्व गर्ने गरी परिवर्तन गर्ने जानकारी गराउनुभयो । उहाँले शान्ति प्रक्रियाका काम टुंग्याउन हिजो कानुन समितिको बैठक कानुनमन्त्री धनराज गुरुङले साथ र सहजिकरण नगरेको बताउनुभयो।

उहाँले आगामी राष्ट्रिय सभाको अध्यक्ष छलफलपश्चात टुंगो लगाउने धारणा राख्नुभयो । उहाँले कम्युनिष्टहरु धुव्रीकरण गर्दै लैजानका लागि यो कदम चालिएको पौडेलले दाबी गर्नुभयो।

Back to top button