कांग्रेस सभापति देउवाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक अह्वान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाउनुभएको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि अपराह्न ३ बजे सभापति देउवाको निवास बूढानिलकण्ठमा कार्यसम्पादन समिति बैठक बोलाएको जानकारी दिनुभयो।

उहाँका अनुसार आज बिहान पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपश्चात सभापति देउवाले भोलि बस्ने गरी कार्यसम्पादन समिति बैठक बोलाउनुभएको हो।

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न कार्यसम्पादन समिति बैठक बोलाइएको हो।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको गठबन्धन तोडेपछि देउवाले बैठक बोलाउनुभएको छ ।

नेपाली कांग्रेसका मन्त्रीहरुले प्रधानमन्त्रीलाई सहयोग नगरेका कारण सत्ता गठबन्धन परिर्वतन गर्नुपरेको नेकपा माओवादी केन्द्रले दाबी गरेको छ ।

Back to top button