म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । गठबन्धन परिर्वतन गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरतामा क्रम भंगता भएको बताउनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रचण्डले आज नेपाली कांग्रेससँग गरेको गठबन्धन तोड्दै नेकपा एमालेसँग नयाँ गठबन्धन बनाउनुभएको छ ।

आज दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यसलाई नयाँ उथलपुथल भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘माओवादी जमेको पोखरी जसरी बस्ने होइन, गडगडाउने नदी जस्तो हो ।’

माओवादी निरन्तरतामा रमाएर बस्न नसक्ने भएकाले निरन्तरतामा क्रम भंग गरेको उहाँको भनाइ छ । घेरा हालेर सिध्याउने कोशिश भएपनि त्यसलाई तोड्दै आएको भन्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,‘म नर्मदासम्म देशमा उथलपुथल भइराख्छ ।’

Back to top button