यूएई भ्रमणकै बेला पदमुक्त हुँदै श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी यूएई भ्रमणमै रहेका बेला पदमुक्त हुने हुनुभएको छ । मन्त्री भण्डारी संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा हुनुहुन्छ ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसहितका दलसँग नयाँ गठबन्धन गर्ने सहमति गरेसँगै श्रममन्त्री भण्डारी बिदेशमै रहेका बेला पदमुक्त हुन लाग्नुभएको हो।

आबुधाबी डाइलगमा सहभागी भएर फागुन पहिलो साता नेपाल फर्किएका मन्त्री दुई सातापछि नै फेरि यएई भ्रमणमा जानुभएको थियो । वैदेशिक रोजगार व्यवयायी संघले सरकारी खर्चमा आइतबार आयोजना गरेको ‘दुबई रोजगार मेला’को उद्घाटनका लागि उहाँ युएई पुग्नुभएको हो ।

मन्त्रालय स्रोतका अनुसार श्रममन्त्री भण्डारीको भालि नेपाल फर्किने कार्यक्रम छ । तर, प्रधानमन्त्री प्रचण्डले आज नै सबै मन्त्रीहरु हटाएर मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गर्नुभएको छ ।

Back to top button