गण्डकीमा माओवादीका २ मन्त्री बर्खास्त

कास्की । गण्डकी प्रदेशमा माओवादी केन्द्रका २ मन्त्री बर्खास्त भएका छन् ।

नेपाली कांग्रेसबाट मुख्यमन्त्री बन्नुभएका सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाउनुभएको हो ।

मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत बैशाख १५ र जुग्जालीलाई बैशाख २९ गते मन्त्री नियुक्त गर्नुभएको थियो ।

यस्तै, मुख्यमन्त्री पाण्डेले २ मन्त्री बर्खास्त गरेर दुवै मन्त्रालय आफैँ मातहत राख्नुभएको छ ।

Back to top button