मोरङमा १५ वर्षीया बालिकाको हत्या

विराटनगर । मोरङको पथरीमा १५ वर्षीया बालिकाको हत्या भएको छ । गएराति १०ः३० बजेतिर पथरीशनिश्चरे नगरपालिका ८ स्थित लामा टोलीमा १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या भएको हो ।

मोरङ प्रहरीका अनुसार राईको सौचालय जाँदा हत्या भएको पाइएको छ । राईको घरकै कम्पान्डभित्र हत्या भएको छ ।

धारिलो हतियार प्रहार गरि हत्या भएको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिनुभयो ।

बालिकालाई पछाडिबाट पटक–पटक हतियार प्रयोग गरेको देखिएको उहाँले बताउनुभयो । राईको गर्धन, अनुहार र दाहिने पाखुरामा चोट लागेको डीएसपी दाहालले बताउनुभयो ।

प्रहरीका अनुसार घटनामा संलग्नको पहिचान हुन सकिरहेको छैन । घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की नेतृत्वको टोली घटनास्थलमा खटिएको छ ।

प्रहरीले घटनाको अनुसन्धानमा तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको छ । तर, हालसम्म हत्यामा संलग्न र घटनाका बारेमा थप सूचना एवं जानकारी प्राप्त हुन नसकेको डिएसपी दाहालले बताउनुभयो।

खोटाङको ऐसेलुखर्क गाउँपालिकाको सल्ले घर हुने राई पथरीमा मामाको छोराको घरमा बसेर पढ्दै आउनुभएको थियो । राई स्थानीय पञ्चायत माविमा कक्षा ७ मा अध्ययनरत हुनुहुन्थ्यो।

Back to top button