नेपालले नेदरल्याण्ड्सविरुद्ध गुमायो दोस्रो विकेट, कप्तान पौडेल आउट

काठमाडौं । टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेपालको दोस्रो विकेट गएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको घरेलु टोली नेपालका कप्तान रोहित पौडेललाई नेदरल्याण्ड्सले आउट गरेको हो ।

माइकल लेभिटको बलमा पौडेललाई स्कट एडवार्ड्सले क्याच आउट गराउनुभयो। पौडेलले १ छक्का र ३ चौकासहित २५ रन बनाउनुभयो।

त्यस अगाडि २ छक्कासहित २० रन बनाउनुभएका ओपनर कुशल भुर्तेललाई नेदरल्याण्ड्सका भ्यान डेरले चौथो ओभरको तेस्रो बलमा बोल्ड गर्नुभएको थियो । नेपालले ९ दशमलव २ ओभरमा २ विकेट गुमाउँदै ८२ रन बनाएको छ । अहिले क्रिजमा आसिफ शेख र गुलसन झा हुनुहुन्छ ।

Back to top button