सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रालयको भागबन्डा गरिने

काठमाडौं । मन्त्रालयको भागबन्डा गर्न सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो ।

नयाँ गठबन्धनमा मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउन हिजो चार सदस्यीय कार्यदल बनाइएको थियो ।

कार्यदलमा नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र)बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादव हुनुहुन्छ ।

कार्यदलले मन्त्रालय र मन्त्रीबारे टुंगो लगाएर त्यसको विवरण गठबन्धन बैठकमा प्रस्तुत गर्ने छ । त्यस आधारमा मन्त्रालयको भागबण्डा गरिने बताइएको छ ।

Back to top button