नेपालले नेदरल्याण्ड्सविरुद्ध गुमायो चौथो विकेट

काठमाडौं । टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेपालले चौथो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको घरेलु टोली नेपालका दिपेन्द्रसिंह ऐरी आउट हुनुभएको हो ।

१४ दशमलव ३ ओभरमा नेदरल्याण्ड्सका भ्यान डेरले ऐरीलाई आउट गराउनुभएको हो । उहाँले १ रन मात्रै जोड्न सक्नुभयो।

त्यस अगाडि १३ दशमलव ४ ओभरमा माइकल लेभिटले आसिफ शेखलाई आउट गराउनुभएको थियो । शेख ३७ बलमा ३ छक्का र १ चौकासहित ४७ रनको योगदान गरेर बाहिनुभयो ।

त्यस अगाडि कप्तान रोहित पौडेल माइकल लेभिटकै बलमा स्कट एडवार्ड्सले क्याच आउट गराउनुभएको थियो । पौडेलले १ छक्का र ३ चौकासहित २५ रन बनाउनुभयो ।

यस्तै, २ छक्का सहित २० रन बनाउनुभएका ओपनर कुशल भुर्तेललाई नेदरल्याण्ड्सका भ्यान डेरले चौथो ओभरको तेस्रो बलमा बोल्ड गर्नुभएको थियो । अहिले नेपालले १५ ओभरमा ४ विकेट गुमाउँदै १३३ रन बनाएको छ ।

Back to top button