सुदूरपश्चिम सरकारबाट माओवादी केन्द्रका ३ मन्त्री बर्खास्त

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी ३ जना मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको छ ।

कांग्रेसबाट मुख्यमन्त्री बन्नुभएका शाहले उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री रमेश धामी,सामाजिक विकास मन्त्री झपट साउद र उद्योग राज्यमन्त्री गीतादेवीलाई बर्खास्त गर्नुभएको हो ।

केन्द्रमा कांग्रेससँगको गठबन्धन तोडेर माओवादी केन्द्रले एमाले,रास्वपा,जसपालगायत राजनीतिक दलसँग गठबन्धन गरेपछि मुख्यमन्त्री शाहले माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको हो ।

Back to top button