![](https://koshisandesh.com/wp-content/uploads/2023/11/Kushal_Malla.jpg)
![](https://koshisandesh.com/wp-content/uploads/2023/11/Kushal_Malla.jpg)
काठमाडौं । कुशल मल्लले एकै ओभरमा नेदरल्याण्ड्सका २ विकेट लिनुभएको छ । टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले नवौं ओभरमा २ विकेट गुमाएको हो ।
नवौं ओभरमा बलिङमा आउनुभएका उहाँले पहिलो बलमा नै म्याक्स ओडाउडलाई दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच गराउनुभयो। ओडाउड व्यक्तिगत २३ रनमा आउट हुनुभएको हो ।
त्यसपछि पाँचौ बलमा माइकल लेभिटलाई कप्तान रोहित पौडेलको हातबाट क्याच गराउनुभयो । लेभिट आउट हुँदा नेदरल्याण्ड्सको स्कोर ८४ रन छ । लेभिटले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाउनुभएको थियो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।