एमालेको प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल

काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला मनोनित हुनुभएको छ । एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलाले प्रमुख सचेतकको जिम्मेवारी पाउनुभएको हो ।

संसदी दलका नेता केपी शर्मा ओलीले यसअघि सचेतक रहनुभएका बर्तौलालाई प्रमुख सचेतक मनोनित गर्नुभएको हो ।

यस्तै, सचेतकमा भने सुनिता बराल मनोनित हुनुभएको छ ।

Back to top button