एमाले संखुवासभा जिल्ला अध्यक्षमा खड्ग राई

संखुवासभा । नेकपा एमाले संखुवासभाको जिल्ला अध्यक्षमा खड्गबहादुर राई सर्वसम्मत चयन हुनुभएको छ । हिजोदेखि जारी नवौँ जिल्ला अधिवेशनको बन्दसत्रले आज राईलाई जिल्ला कमिटी अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

अध्यक्षमा चैनपुर नगरपालिका पूर्व मेयर तथा नेता भरत खत्रीले उम्मेदवारी फिर्ता लिएसँगै राई सर्वसम्मत हुनुभएको हो । जिल्ला कमिटी उपाध्यक्ष, सचिव, उपसचिवमा पनि सर्वसम्मत प्रयास भइरहेको छ। बन्दसत्रबाट नेतृत्वको औपचारिक घोषणा गरिएको छैन।

जिल्ला अधिवेशन नेकपा एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले उद्घाटन गर्नुभएको थियो। सहमतिका लागि सोमबार र मंगलबार बिहानसम्म प्रयास भएको थियो ।

नवनिर्वाचित पदाधिकारीहरूलाई मंगलबार साँझ नै पद तथा गोपनीयताको शपथ गराइने निर्वाचन समितिका एक सदस्यले बताउनुभयो ।

Back to top button