सेयर बजारमा ७० अंकको गिरावट

काठमाडौं । साताको तेस्रो कारोबारको दिन आज नेप्से परिसूचक भारी अंकले घटेको छ । नेप्से परिसूचक ७० दशमलव ३१ अंकले घटेर २००७ दशमलव ६९ विन्दुमा कायम भएको छ ।

दोस्रो कारोबार दिन हिजो ३ पटक सर्किट ब्रेक लागेर दिनभरका लागि कारोबार नै बन्द भएको थियो । त्यसअघि आइतबार नेप्से ११ दशमलव ७८ अंकले घटेको थियो।

यसदिन ३१६ कम्पनीको १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयर ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार ९५८ रुपैयाँमा खरिदबिक्री भए। सेन्सेटिभ इन्डेक्स ३ दशमलव २४ प्रतिशतले ओरालो लाग्यो। कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।

गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ८ दशमलव ७३ प्रतिशतले बढ्यो। बोटलर्स नेपाल (बालाजु)का र जोशी हाइड्रोपावर डेभलपमेन्टको लगानीकर्ताले गुमाए। दुवै कम्पनीको मूल्य १० प्रतिशतले घटेको हो।

कारोबार रकमका आधारमा सोनापुर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४१ करोड मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी शिवम् सिमेन्टको २४ करोड,घोराही सिमेन्टको १४ करोड,जोशी हाइड्रोपावरको १३ करोड र हिमालयन रिइन्स्योरेन्सको १२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

म्युचुअल फण्ड बाहेक अन्य उपसमूहको सूचक नकारात्मक देखिएका हुन्।

Back to top button