आयोगको विद्युत महसुल वृद्धि तयारीमा सिएनआई कोशीको असहमति

विराटनगर : नेपाल उद्योग परिसंघ (सिएनआई) कोशी प्रदेश समितिले नेपाल विद्युत प्राधिकरण र विद्युत नियमन आयोगले विद्युत महसुल वृद्धि गर्न गरेको तयारी प्रति ध्याकर्षण भएको भन्दै उक्त प्रकिया विरूद्ध असहमति जनाएको छ । आज सिएनआई कोशीले एक विज्ञप्ति जारी गर्दै प्राधिकरण र आयोगले विद्युत महसुल वृद्धि गर्ने तयारी गरेको कुरा आफ्नो जानकारीमा आएको भन्दै असहमति जनाएको हो ।

सिएनआई कोशी अध्यक्ष पवन कुमार सारडाद्वारा हस्ताक्षरित विज्ञप्तीमा हाल उद्योग क्षेत्रले लोडसेडिङ , ट्रिपिङ , लो-भोल्टेज लगायत समस्ता भोग्दै आएकोमा अहिलेको समयमा महसुल वृद्वि गर्नु नहुने जनाउएको छ ।

हाल उद्योगले विद्युतमा भोगिरहेको समस्याले उद्योगको कच्चा पदार्थमा नोक्सानी , उत्पादकत्वमा कमी र उत्पादन वस्तु मूल्य समेत महङ्गो हुँदै गएको अवस्थामा थप महसुल वृद्विले औद्योगिक क्षेत्र घरासायी हुने विज्ञप्तिमा बताइएको छ ।

 

Back to top button