प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा बैठकलाई आज सम्बोधन गर्ने हुनुभएको छ ।

नयाँ सत्ता समीकरण बनाएपछि उहाँले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्न लागेको उहाँको सचिवालयले जनाएको छ ।

यसअघि विपक्षमा रहेका दलहरुले कतिपय विषयमा सरकारको जवाफ मागेका थिए ।

यही फागुन १८ गतेको बैठकमा सभामुख देवराज घिमिरेले संसदमा उठेका विषयहरुमा जवाफ दिन सरकारलाई फागुन २१ गतेको दिन नै तोकेर रुलिङ गर्नुभएको थियो । फागुन २१ गते स्थगित भएको बैठक आज बस्दै छ ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्रीले शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिन लाग्नुभएको हो ।

Back to top button