प्रचण्डले राजनीतिक बेइमानी गरे : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आज बिहान सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिएको हो ।

प्रचण्डले बेइमानी गरेकाले समर्थन फिर्ता लिने निर्णय भएको मुख्य सचेतक रमेश लेखकले बताउनुभयो ।

उहाँले मुलुकमा दिगो शान्ति,सुशासन, विकासको समृद्धि र स्थिरताका लागि माओवादीसँग गठबन्धन गरेको तर, प्रचण्डले राजनीतिक बेइमानी गरेकाले समर्थन फिर्ता लिएको बताउनुभयो ।

उहाँले प्रचण्डले कांग्रेससँगको गठबन्धन भत्काएर मुलु्कलाई अस्थिरता,अन्योल र अनिश्चितातर्फ लैजाने काम गरेको आरोप लगाउनुभयो । यसअघि नै कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

Back to top button