नेपाललाई दोस्रो सफलताः गुल्सन झाद्वारा विकेट

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजअन्तरगत नेपालले हङहङको दोस्रो विकेट लिएको छ । हङकङस्थित टिनक्वङ रोड खेल मैदानमा जारी खेलमा नेपालका गुल्सन झाले हङहङका क्याप्टेन निजाकत खानलाई आउट गराउनुभएको हो ।

खानले २० बलमा २५ रन बनाएर आउट हुनुभएको हो । उहाँले ३ चौका र १ छक्का प्रहार गर्नुभयो।

खेलमा घुरेलु टोली हङहङविरुद्ध टस जितेर फिल्डिङ गरिरहेको नेपालले दोस्रो विकेट लिएको हो । यसअघि करण केसीले पहिलो बलमै हङहङको एक विकेट लिनुभएको थियो ।

वर्षाका कारण खेल पुनः प्रभावित भएको छ । यसअघि पनि वर्षाका कारण खेल रोकिएको थियो। खेल सुरू हुनेवित्तिकै फेरि पानी परेपछि पुनः प्रभावित भएको हो ।

Back to top button