निफमा आज एमाले अध्यक्ष ओली र अभिनेता हमालबिच सिनेमा संवाद हुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग अभिनेता राजेश हमालले आज सिनेमा संवाद गर्नुहुने भएको छ । स्वदेशी तथा विदेशी चलचित्रकर्मीको माझमा राष्ट्रिय सभागृहमा आज बिहान ११ बजेदेखि उहाँहरूबिच लाइभ संवाद हुने भएको हो ।

सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को अवसरमा उहाँहरूबिच फिल्मका विविध आयाम र विधालाई समेटेर छलफल हुनेछ । चैत १ देखि ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआईको भविष्यसम्मका विषयमा छलफल हुने जनाइएको छ ।

Back to top button