तोलामा १ हजार ३ सयले घट्यो सुनको मूल्य

काठमाडौं । बजारमा सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला १ हजार ३ सयले घटेको हो ।

हिजो छापावाल सुन प्रतितोला १ लाख २७ हजार ८ सयले कारोबार भएको थियो । आज १ लाख २६ हजार ५ सय मूल्य कायम गरिएको छ ।

यस्तै तेजाबी सुन हिजो प्रतितोला १ लाख २७ हजार २ सयमा कारोबार भएकोमा आज १ लाख २५ हजार ९ सय मूल्य कायम गरिएको हो ।

चाँदीको मूल्य पनि घटेको छ । हिजो प्रतितोला १ हजार ५ सय ५५ मा कारोबार भएकोमा आज प्रतितोला १ हजार ५ सय कायम गरिएको छ ।

Back to top button