एक तोला सुनको मूल्य १ लाख २७ हजार ९ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा १ तोला सुनको मूल्य १ लाख २७ हजार ९ सय पुगेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन प्रतितोला १ लाख २७ हजार ३०० रुपैयाँ पुगेको छ । यसैगरी चाँदी प्रतितोला १ हजार ५१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Back to top button