एमाले झापाको अधिवेशन अध्यक्ष ओलीद्वारा उद्घाटन

विर्तामोड । नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशन आजबाट विर्तामोडमा सुरु भएको छ । अधिवेशनको उद्घाटन एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको हो ।

अधिवेशनमा पालिकाबाट ४३० जना, जनसङ्गठनबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकार २५ जना, सम्पर्क मञ्चबाट ५ जना र आयोजक १६९ जना, मनोनीत प्रतिनिधि ३८ जना गरी ७८६ जनाले सहभागिता जनाउने एमाले झापाले जनाएको छ ।

एमाले झापाको आगामी अध्यक्षका लागि वर्तमान उपाध्यक्ष प्रेम गिरी र सचिव शिव ढुङ्गेलले आकाङ्क्षी देखाउनुभएको छ ।

अधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ । नयाँ नेतृत्वका लागि अध्यक्षमा कार्यवाहक अध्यक्ष प्रेम गिरी र सचिव ढुङ्गेलले आकांक्षा व्यक्त गर्दै आउनुभएको छ ।

Back to top button