त्रिशुलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु

चितवन । त्रिशूली नदीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा ५ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा २ पुरुष, २ महिला र १ बालिका रहेका चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकहरुको परिचय हालसम्म नखुलेको र ट्याक्सीमा कति यात्री सवार थिए भन्ने पनि यकिन नभएको प्रहरीले जनाएको छ ।

आज बिहान ७ः१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो ।

यस्तै, दुर्घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी छ ।

Back to top button