त्रिकोणात्मक टी–२० मैत्रीपूर्ण खेलमा नेपालले गुजरातसँग खेल्दै

काठमाडौं । भारतमा आजबाट सुरु हुन लागेको त्रिकोणात्मक टी–२० मैत्रीपूर्ण खेलमा नेपालले गुजरातसँग खेल्दै छ। नेपाल र गुजरातबीचको खेल दिउँसो २ः४५ बजेबाट साई मेघपन स्पोर्ट्स्लाइफ ग्राउन्ड गुजरातमा सुरु हुनेछ।

भारतसँगको त्रिकोणात्मक टी–२० मैत्रीपूर्ण सिरिजका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा गरिएको छ। नेपालले त्यहाँ रहँदा गुजरातका साथै बरोडासँग पनि खेल्ने छ।

गुजरात क्रिकेट एशोसिएसनको आयोजनामा हुन लागेको खेल राउन्ड रोविनको आधारमा खेलाइने सिरिजमा नेपालले ४ खेल खेल्ने छ। चैत २० मा दोस्रो खेल बरोडासँग खेल्ने नेपालले २१ चैतमा फेरि गुजरात र २३ चैतमा बरोडासँग खेल्ने छ। सिरिजको फाइनल खेल चैत्र २५ मा हुनेछ।

Back to top button