पीयूको उपकुलपति पदका लागि आवेदन दिएकामध्ये १७ जनाको दरखास्त स्वीकृत, एक जनाको बदर

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पीयू) को उपकुलपति पदका लागि आवेदन दिएकामध्ये १७ जनाको दरखास्त स्वीकृत भएको छ।

उपकुलपति माग गर्दै गत माघ २३ गते दरखास्त आह्वान भएको थियो जसमा १८ जनाले दरखास्त दिएका थिए । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आइतबार १७ जनाको दरखास्त स्वीकृत गरेको छ।

दरखास्त स्वीकृत भएकाहरूको पालोअनुसार चैत २७ देखि २९ गतेसम्म सोच पत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण दिनुपर्ने छ ।

दरखास्त दिनेहरु मध्ये शुभनारायण पाठक, अनिलकुमार पोखेल, जीवनकुमार ढकाल, अशोककुमार झा, गुरुप्रसाद खनाल, प्रमोदकुमार झा, बिजुकुमार थपलिया, विनोद पराजुली, देवीप्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल, उमेश कोइराला, संजेशप्रसाद कोइराला, राजकुमार पोख्रेल, रेशमबहादुर थापा, रमेशप्रसाद भट्टराई र महेशराज दाहालको दरखास्त स्वीकृत भएको हो।

Back to top button