सेयर बजारमा सामान्य अंकको गिरावट, कारोबार रकम २ अर्बमा झर्‍यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ । नेप्से परिसूचक ६ दशमलव २६ अंकले घटेर २०१२ दशमलव ०७ विन्दुमा कायम भएको हो।

सेन्सेटिभ इण्डेक्स ० दशमलव ९१ अंकले घटेर ३५५ दशमलव ६६ विन्दुमा अडिएको छ । यसअघि आइतबार नेप्से परिसूचक १७ दशमलव ३० अंकले घटेर २०१८ दशमलव ३३ विन्दुमा कायम भएको थियो ।

आज ३१५ कम्पनीको ७२ लाख ९० हजार २०० कित्ता सेयर २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३०५ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकम आइतबारको तुलनामा कम हो। आइतबार ३ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो।

सामान्य अंकले गिरावट आएको बजारमा दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। गुराँस लघुवित्त वित्तीय संस्था र माइ खोला हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।

माहुली लघुवित्त वित्तीयको ९ दशमलव ४४ प्रतिशतले मूल्य बढ्दा तारागाउँ रिजेन्सीको ७ दशमलव २५ र ८ दशमलव ५ प्रतिशत प्रभु बैंक डेवेन्चर २०८७ को ६ दशमलव ३४ प्रतिशतले बढ्यो।

यसदिन रिभर फल्स पावरका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले घट्यो। यसैगरी कारोबार रकमका आधारमा सर्वोत्तम सिमेन्ट अग्रस्थानमा रह्यो। सो कम्पनीको ४७ करोड २९ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

शिव सिमेन्टको ११ करोड,गोर्खाज फाइनान्सको ९ करोड,पिपुल्स पावर र माया खोला हाइड्रोपावर कम्पनीको ५–५ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

दुईवटा समूहको उपसूचकबाहेक अन्यको सूचक घटेको छ। होटल्सएण्ड टुरिजम र ट्रेर्डिङको सूचक बढ्दा अन्य समूहको सूचक घटेको हो । कारोबारमा आएका ८६ कम्पनीको मूल्य बढ्दा १५१ वटाको घट्यो भने ८ वटाको मूल्य स्थिर रह्यो।

Back to top button