इमरान खानलाई सुनाइएको जेल सजाय उच्च अदालतद्वारा निलम्बन

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खनाविरुद्धको सजाय निलम्बन गरिएको छ ।

इस्लामाबाद उच्च अदालतले आज पूर्वप्रधानमन्त्री खान र उहाँकी पत्नी बुशरा बीबीलाई तोशाखाना मुद्दामा सुनाइएको १४ वर्षको सजायलाई निलम्बन गरेको हो।

गत ३१ जनवरीमा इस्लामावादको ‘एकाउन्टिबिलिटी कोर्ट’ले उहाँहरूलाई तोशाखाना मुद्दामा जेल सजाय सुनाएको थियो । इमरान र बुशरालाई १० वर्षसम्म सार्वजनिक पदमा बस्न प्रतिबन्ध लगाइएको थियो भने ७८ करोड ७० लाख जरिवाना गरिएको थियो।

पूर्वप्रधानमन्त्री खानमाथि सरकारी उपहारहरू अवैधरूपमा बिक्री गरेको आरोप लागेको थियो । जसलाई तोशाखाना मुद्दाको रूपमा पनि चिनिन्छ। पूर्वप्रधानमन्त्री खान गत वर्षको अगस्टदेखि विभिन्न मुद्दामा जेलमा हुनुहुन्छ ।

Back to top button