आठौं विराट गोल्डकपः आज मछिन्द्र फुटबल क्लब र साउर्थन समितिबिच प्रतिस्पधा

विराटनगर । आठौं विराट गोल्डकपको आज अन्तिम क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लबले भारतको कोलकातास्थित साउर्थन समितिको सामना गर्ने भएको छ । आज मछिन्द्र फुटबल क्लब र साउर्थन समितिबिच प्रतिस्पधा हुने आयोजक गोल्डकप ट्रष्टका सचिव तथा प्रचार–प्रसार संयोजक ध्रव सिग्देलले जानकारी दिनुभयो ।

यस्तै हिजो भएको फेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईजलाई पराजित गर्दै आठौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।
विराटनगरको सहिद मैदानमा हिजो सम्पन्न भएको तेस्रो क्वाटरफाइनल खेलमा इटहरी गोल्डकपको बिजेता समेत रहेको चर्च ब्वाइजलाई २–० गोलले निराश बनाउँदै एसपीएफ सेमिफाइनलमा पुगेको हो ।

जितसँगै एपीएफले बुधबार फाइनल प्रवेशको लागि सेमिफाइनलमा घरेलु टोली सांग्रीला मोरङ एफएसँग खेल्नेछ । जितको लागि एपीएपका प्रदिप लामा र अनिष महर्जनले गोल गर्नुभयोे । खेलको पहिलो हाफसम्म दबावमा राखेको एपीएफले दोस्रो हालदेखि आक्रमक खेल पस्कियो ।

एपीएफका प्रदिपले मध्यभागबाट बललाई एक्लै अगाडी बढाएर डिबक्स भित्रबाट आकर्षक गोल गरी टिमलाई अग्रता दिलाउनुभयो । प्रदिपले अन्तिम डिफेन्डरलाई बिट गर्दै बल क्लियर गर्नुभएको थियो । ८१ औं मिनेटमा विदेशी खेलाडी फोडे फोफोनाले निकालेको पासलाई एपीएफका अनिष महर्जनले गोल गरी टिमको जित सुनिश्चत गर्नुभयो ।

छैठौं संस्करणको विराट गोल्डकपको बिजेता समेत रहनुभएका एपीएफले दश महिना पछि शहिद स्मारक ए डिभिजन लिग फुटबलमा हारेको बदला समेत लिएको छ । लिग फुटबलमा चर्च व्वाईजले एपीएफलाई ४–१ गोलले पराजित गरेको थियो ।

चर्चब्जाइजको डिफेन्डर र रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै एपीएफले जित निकालेको छ । खेलको सुरूवातदेखि एपीएफले आक्रमक खेल पस्कियो । खेल सुरु भएको १५ औं मिनेटमा एपीएफका मनि कुमार लामाले पाएको सुन्दर गोल गर्ने अवसर खेर फाल्नुभयो । प्रदिपले निकालेको पासलाई मनिकुमारले प्रहार गरेको वान भर्सेस वानको प्रहार बाहिरयो । एसपीएफका जोनाह ग्लोरीले डि बक्सभित्रबाट गरेको पावरफुल प्रहार फस्टबारबाट बाहिरियो ।

त्यसलगतै ३४ मिनेटमा एपीएफका प्रदीप लामाले डिबक्सभित्र पास मिलाउँदा जोनाह ग्लोरीले गरेको फ्लिकलाई उत्कृष्ठ रुपमा चर्चब्वाइजका गोलरक्षक दीप कार्कीले उत्कृष्ट बचाउनुभयो । ४४ औं मिनटमा चर्च ब्वाइजका राजेश परियारले डिबक्स नजिकबाट गरेको कडा प्रहार बाहिरयो । आधा दर्जन प्रहार गोल गर्न चुक्दा चर्च ब्वाइज पहिलो खेलबाटै घर फर्किन बाध्य भयो ।

केही राम्रा अवसरले पोस्टको बाटो तय गर्न नसक्दा विराट गोल्डकपको दाबीदारीको रुपमा हेरिएको चर्चब्वाइजको लागि दुर्भाग्यपुर्ण बन्यो । यता जितेपछि एपीएफका प्रशिक्षक सुमन श्रेष्ठले पछिल्लो दुई भेटमा भएको पराजयको बदला लिन सफल भएको बताउनुभयो ।

‘अघिल्लो खेलहरुमा पनि प्रदिप लामाले गोल गरेका थिए । उनीसँगै अहिले एपीएफको टिम सन्तुलित रहेको छ ।’
खेलको म्यान अफ म्याच एपीएफका प्रदिप लामा घोषित हुनुभयो । उहाँले नगद ११ हजार पाउनुभयो ।

Back to top button