एमाले सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ । पार्टीको १० औँ जिल्ला अधिवेशनमा श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

उहाँ मतदान प्रक्रियाबाट अध्यक्षमा चुनिनुभएको हो । सर्वसहमतिबाट नेतृत्व चयन हुन नसकेपछि मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिएको छ ।

अधिवेशनबाट उपाध्यक्षमा अर्जुन भण्डारी निर्वाचित हुनुभएको छ । यसैगरी सचिवमा कृष्णगोपाल तामाङ निर्वाचित हुनुभएको छ । उपसचिवमा शिवहरि सापकोटा र सुशीला पाख्रिन छानिनु भएको छ । अधिवेशनबाट १ सय १ सदस्सीय जिल्ला नेतृत्व चयन भएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

Back to top button