समाजवादी मोर्चा अर्थ राजनीतिक अन्तरविरोधको उपज हो : विप्लव

काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले समाजवादी मोर्चा नेपालको अर्थ राजनीतिक अन्तरविरोधको उपज भएको बताउनुभएको छ ।

समाजवादी मोर्चाको बृहत् अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले समाजवादी मोर्चा अर्थ राजनीतिक अन्तरविरोधको उपज भएको बताउनुभयो।

ध्रुवीकृत हुँदै गएको विश्वको प्रभाव पनि मोर्चा निर्माणमा परेको उहाँको भनाइ छ । उहाँले नेपाली समाज अभूतपूर्व ढुंगले ध्रुविकृत भइरहेको उल्लेख गर्नुभयो।

‘समाजवादी मोर्चा नेपाल आजको नेपालको अर्थ राजनीतिक अन्तरविरोधको उपज हो । आजको भूमण्डलिकृत विश्व र एउटा ध्रुवीकृत हुँदै गरेको विश्वको प्रभाव पनि यो मोर्चा निर्माणमा परेको छ। नेपालको राजनीति र त्यसमा झेलिरहेका समस्याहरू र लिएका उपलब्धी र अगाडि देखिएका संभावनाहरूको बीचबाट आज हामीहरू देख्छौं कि आज नेपाली समाज अभूतवपूर्व ढंगले ध्रुवीकृत भइरहेको छ। यो हुनु पनि पर्छ,’उहाँले भन्नुभयो,‘राजनीतिक क्रान्ति निरन्तरतामा अगाडि जानुपर्छ र यसको नियम नै यही हो।’

पुरानो अर्थसम्बन्धमाथि नयाँ अर्थसम्बन्धले र नयाँ अर्थतन्त्रले पुरानोमाथि अवरोध गरिरहने र त्यहाँ संघर्ष भइरहने उहाँको भनाइ छ । राजनीतिक प्रवृत्तिको हिसाबमा पनि पश्चगामी र यथास्थितिवादीसँग अग्रगामी र परिवर्तितहरूका बीचमा पनि संघर्ष चलिरहने उहाँले बताउनुभयो।

यस्तै, नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादी ,जनता समाजवादी र नेत्रविक्रम चन्द मोर्चामा सामेल छन्।

Back to top button