बागमतीमा एमालेबाट थप ४ जना मन्त्री नियुक्त हुँदै

हेटौंडा । बागमती प्रदेशमा नेकपा एमालेबाट थप ४ जना मन्त्री नियुक्त हुँदैछन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजै थप ४ जना मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ ।

नेकपा एमालेबाट जगन्नाथ थपलियाले आइतबार अर्थ मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो । आजै साँझ एकालाल श्रेष्ठ, केशवप्रसाद पोखरेल, प्रकाश श्रेष्ठ र रामेश्वर श्रेष्ठलाई मन्त्री नियुक्त गर्न लागिएको एमाले निकट स्रोतले जनाएको छ।

एकालाललाई खानेपानी उर्जा तथा सिंचाई, रामेश्वरलाई स्वास्थ्य, केशवलाई वन तथा वातावरण र प्रकाशलाई उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री नियुक्त गर्न लागिएको हो। आज नियुक्त हुन लागेका ३ जना पूर्वमन्त्री हुन् भने काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ (ख)बाट निर्वाचित सांसद प्रकाश श्रेष्ठ नयाँ थपिनुभएको हो ।

Back to top button