विराट गोल्डकप: कोलकातालाई हराउँदै मच्छिन्द्र सेमिफाइलनमा

पहिलो सेमिफाइनलमा सांग्रीला मोरङ र एपीएफ भिड्दै

विराटनगर । विराटनगरमा जारी आठौं संस्करणको अन्तिम क्वाटरफाइनलका खेलमा मच्छिन्द्र एफसि काठमाण्डौले कोलकाताको साउर्थन समिति एफसिलाई २–१ गोलले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ ।

जितको लागि मच्छिन्द्रका विदेशी खेलाडी स्टेफन विनोङ नायक हुनुभयो । टिमलाई सेमिफाइनलमा पुर्‍याउन दुवै गोल स्टेफनले गर्नुभयो । खेलको प्लेयर अफ द म्याच पनि स्टेफन नै हुनुभयो । उहाँले नगद ११ हजार प्राप्त गर्नुभयो । कोलकाताको तर्फबाट सान्तवना गोल सोनु हल्दारले फर्काउनुभयो।

सेमिफाइनल प्रवेश गरेको मच्छिन्द्रले अब फाइनल प्रवेशका लागि आज बिहीबार सिक्किम ड्रागन भारतसँग सामना गर्दैछ । यसअघि घरेलु टिम सांग्रीला मोरङ एफए र विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) सेमिफाइनलमा पुगिसकेका छन् ।

एपीएफले इटहरी गोल्डकप च्याम्पियन चर्च ब्वाईज  युनाइटेड काठमाण्डौलाई २–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको थियो । घरेलु टिम सांग्रीलाले भुटानको आरटिसिएफसी ३–२ गोलले हराउँदै सेमिफाइनलको स्थान पक्का गरेको थियो ।

प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा बिहीबार सांग्रीला र विभागीय टिम एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।

हारपछि कोलकाताका प्रशिक्षक सौमेन्दु कुन्दुले खेलाडीहरुको थुप्रै अवसर पाउँदा पाउँदै पनि फिनिसिङ पक्ष कमजोर हुँदा पराजय भएको बताउनुभयो ।

यता मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानले खेलाडीहरुले योजना अनुसार आक्रमक खेल्दा नतिजा आफ्नो पक्षमा आएको बताउनुभयो । उहाँले सेमिफाइनलमा बिमल घर्तीमगरलाई मैदानमा उतार्ने योजना रहेको समेत बताउनुभयो ।

 

Back to top button