विश्वासको मत लिन नसकेपछि गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिनुभएको छ ।

विश्वासको मत लिन नसक्ने भएपछि उहाँले पदबाट राजीनामा दिनुभएको हो । सत्ता गठबन्धनमा उलटपुलट आएपछि माओवादी केन्द्रले फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

उहाँले प्रदेश प्रमुख डिल्लीराज भट्टराईसमक्ष राजीनामा बुझाउनुभएको छ ।

मुख्यमन्त्री पाण्डलेले बिहीबार (भोलि)सम्म विश्वासको मत लिनुपर्ने थियो । विश्वासको मत लिने वातावरण नभएपछि उहाँ राजीनामा दिने मनस्थितिमा पुग्नुभएको हो ।

पछिल्लो समय सरकार टिकाउनका लागि मुख्यमन्त्री पाण्डेले विवादास्पद छविका एकीकृत समाजवादीका सांसद राजीव गुरूङ (दिपक मनाङे)लाई भौतिक पूर्वाधार मन्त्री बनाउनुभएको थियो ।

Back to top button