अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न सरकार प्रयत्नशील छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणप्रसाद श्रेष्ठले राष्ट्रिय हित र सुरक्षालाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।

आज प्रतिनिधि सभाको आकस्मिक तथा विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले दिगो शान्ति सुशान विकास र समृद्धिका लागि पारस्परिक हित र लाभका आधारमा छिमेकी विकास साझेदार र श्रम गनतव्य मुलुकलगायत विश्वका सबै मित्र राष्ट्रसँगको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन र आपसी सहयोगका क्षेत्रमा विस्तार गर्ने सरकारको नीति रहेको बताउनुभएको हो ।

‘संयुक्तराष्ट्र संघको बडापत्र र पञ्चशीलको सिद्धान्त रअसलग्नता,अन्तरर्राष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखी स्वतन्त्र परराष्ट्र नीति संचालन गर्ने र विगतमा भएका संधीहरूको पुनरवलोकन गर्दै समानता र पारस्परिताको हितको आधारमा संधी सम्झौता गर्न संविधानले नीति गत मार्ग निर्देशन गरेको छ,’उहाँले भन्नुभयो,‘संवैधानिक मर्मअनुसार राष्ट्रिय हितको रक्षा गर्ने एवं जनताको समृद्धि तथा राष्ट्र हित तथा सुरक्षालाई केन्द्र विन्दुमा राख्दै अन्तररा्ष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा र राष्ट्रिय सम्मानको अभिवृद्ध गर्ने उद्देश्यले छिमेकीलगायत सबै मित्र राष्ट्रहरूसँगसार्वभौम समानता पारस्परिक सम्मान र लाभका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार गर्न सरकार प्रयत्नसशील छ ।’

नेपालका दुवै छिमेकी मित्रराष्ट्रहरू चीन र भारतसँग उच्च तहमा निरन्तर भ्रमण भइरहेको बताउँदै यस्ता भ्रमणले नेपालको हित र चासोका विषयलाई प्रष्ट रुपमा राख्न सहज हुने विश्वास व्यक्त गर्नुभयो।

उहाँले आफ्नो चीन भ्रमण अर्थपूर्ण रहेको बताउँदै छिट्टै परिणाम आउने दावी गर्नुभयो । दुई देशबीचको समन्वय र सहकार्यलाई बढावा लिई आपसी सहयोगका क्षेत्र विस्तार गर्नेबारे महत्वपूर्ण उपलब्धि हासिल भएको उहाँको भनाइ छ ।

द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने तथा चीनको तीव्र गतिको विकासबाट नेपालले कसरी लाभ लिन सकिन्छ भन्ने विषयमा आर्थिक कूटनीतिलाई केन्द्रमा राखेर विभिन्न व्यक्तिसँग छलफल भएको उहाँले बताउनुभयो। उहाँले नेपाललाई थप गुणात्मक सहयोग उपलब्ध गराउने प्रतिबद्धता चीनले व्यक्त गरेको बताउनुभयो।

परराष्ट्रमन्त्री श्रेष्ठले यही चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमण गर्नुभएको थियो ।

Back to top button