राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ मा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते (बुधबार) हुने भएको छ । राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन २८ गते हुने जानकारी दिनुभएको हो ।

उहाँले निर्वाचन कार्यक्रम प्रकाशन गर्न संसद सचिवालयलाई निर्देशन दिनुभएको छ । उपाध्यक्ष उर्मिला अर्यालले चैत १५ गते राजीनामा दिनुभएको छ ।

सत्ता गठबन्धनमा अध्यक्षमा माओवादी केन्द्रको तर्फबाट नारायण दाहाल निर्वाचित भएपछि उहाँले राजीनामा दिनुभएको हो ।

यसअघि गठबन्धनमा उपाध्यक्ष नेकपा एमालेलाई दिने सहमति भएको थियो । तर, पछि नेकपा एस मिसिएपछि नयाँ सहमतिमा न्यो बुँदा हटाइएको थियो। तर गठबन्धनमा दलबीच उपाध्यक्ष कसलाई दिने भन्नेबारे औपचारिक सहमति भएको छैन।

Back to top button