गण्डकी प्रदेशः चैत २७ गतेभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले २७ चैतको दिउँसो ३ बजेभित्र नयाँ मुख्यमन्त्री पदमा दाबी पेस गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई आह्वान गर्नुभएको छ ।

आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिनुभएपछि प्रदेश प्रमुख भट्टले २७ चैतको दिउँसो ३ बजेभित्र नयाँ मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गर्नुभएको हो ।

प्रमुख भट्टले संविधानको धारा १६८ उपधारा (२) बमोजिम प्नदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुलाई सरकार गठनको लागि आह्वान गर्नुभएको छ ।

Back to top button