कोशीमा अब एमाले र माओवादीको नेतृत्वमा सरकारमा दाबी पेस हुन्छ : हिक्मत कार्की

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले अब चाँडै एमाले र माओवादी केन्द्रको नेतृत्वमा सरकारमा दाबी पेस गरिने बताउनुभएको छ ।

आज प्रेस चौतारी नेपाल कोशी प्रदेश सल्लाहकार समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले १,२ दिन भित्रमै नयाँ सरकारको दाबी पेश हुने बताउनुभयो ।

उहाँले यसका लागि तयारी भइरहेको बताउनुभयो । उहाँले सरकार बन्ने विकल्प रहुन्जेल संसद् विघटन नहुने दाबी गर्नुभयो ।

यस्तै, सरकारको दाबी पेश भएपछि वर्तमान मुख्यमन्त्रीले विश्वासको मत लिने बहानामा १ महिना सरकार लम्ब्याउन सक्ने पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका कार्कीले बताउनुभयो । उहाँले कोशी प्रदेशमा माओवादी केन्द्रले दोहोरो चरित्र देखाएका कारण सरकार फेरबदलमा ढिलाइ भएको उहाँले प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,‘केहि साथीहरूका कारण सरकार बनाउने विषयमा फेरबदलमा ढिलाइ भएको हो अब सबै मिल्यो सरकारका विषयमा कोशीमा नयाँ कोर्स शुरु हुन्छ ।’

Back to top button