न्यूरो अस्पतालमा अब अनलाइन बाटै टिकट काट्न सकिने

विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशाल्टी अस्पतालले अनलाइनबाट नै टिकट काट्ने ब्यवस्था मिलाएको छ ।

स्वास्थ्य प्रविधि सेवा प्रदायक संस्था आईमर्क डिजीटल प्रालीको डाफें हेल्थ सेवा अन्तर्गत यो सेवा आजदेखि संचालनमा ल्याएको हो ।

यस प्रणालीबाट, बिमारी तथा अस्पतालको सुविधा लिन चाहने जोसुकैले अब घरमै बसी–बसी चाहेको चिकित्सकको टिकट सजिलै काट्न सक्ने अस्पतालले जनाएको छ ।

अनलाइन टिकटिङ्ग प्रणाली भित्र ‘न्यूरो हस्पिटल’ मोवाइल एप र वेवसाइट पनि रहेको छ । आफुले चाहेको चिकित्सको सेवा शुल्क पनि अनलाइन खल्ती र इसेवाबाटै सहज भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

यो साझेदारीले न्युरो अस्पतालको सेवाहरूलाई अझ प्रभावकारी बनाउने उद्देश्यले रहेको अस्पतालका निर्देशक राजेश भट्टराईले बताउनुभयो । ‘हाम्रो उद्देश्य स्वास्थ्य सेवा प्रदान गर्ने प्रक्रियाहरूलाई अझ सुविधाजनक बनाउनु हो । यो अनलाइन टिकटिङ्ग प्रणालीले बिरामीहरुको जीवनमा सहयोग प्रदान गर्नेछ । नेपाल मात्र नभई भारतबाट आउने बिरामीहरुका लागि पनि यो सेवा अझ फलदायी हुने हामीले विश्वास ठानेका छौ,’ निर्देशक भट्टराईले भन्नुभयो ।

डाफें हेल्थका प्रमुख कार्यकारी अधिकृत युवराज पराजुलीले बिगत १६ वर्ष देखि संस्थाले हेल्थ टेकमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको र अझ परिस्कृत हेल्थ सोलुसन प्रदान गर्ने उद्देश्यका साथ साझेदारी गरिएको बताउनुभयो ।

यो अनलाइन प्रणालीबाट बिरामीले सजिलै र तत्काल सुविधाजनक रुपमा आफुले चाहेको चिकित्सकीय सेवा अनुकुल मिति र समयमा बुकिङ गर्न सक्ने अस्पतालले जनाएको छ ।

यसैगरी बिरामीको विवरण र नोटः न्युरो हस्पिटल एप मार्फत सिधै डाक्टरहरूले सम्पूर्ण विवरणहरू एकीकृत हस्पिटल व्यवस्थापन प्रणालीमा देख्न र नोट राख्न सक्नेछन् । विशेष सेवाहरूको अधिकार र पहुँचः बिरामीहरूले ल्याब रिपोर्ट सिधैं न्युरो हस्पिटल एप बाट प्राप्त गर्न सक्ने बताइएको छ ।

Back to top button