सुनको मूल्य आज तोलामा १ लाख ३६ हजार २ सय कायम

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा ६ सय रुपैयाँले बृद्धि भएको छ ।

आइतबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने १ लाख ३६ हजार २ सय कायम भएको छ ।

तेजाबी सुन तोलामा १ लाख ३५ हजार ५ सय ५० रुपैयाँ तय भएको छ । आइतबार तेजाबी सुन तोलामा १ लाख ३४ हजार ९ सय ५० रुपैयाँ मा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आइतबार तोलामा १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ६ सय ८५ रुपैयाँ निर्धारण भएको छ ।

Back to top button