सर्लाहीको बसबरियामा आगलागी हुँदा ६ घर जलेर नष्ट

मलंगवा । सर्लाहीको बसबरीया गाउँपालिका–३ बंगलवामा आगलगी हुदाँ ६ घर जलेर नष्ट भएको छ । आगलागीबाट ५ घरमा आंशिक क्षति पुगेको छ।

आगलगीमा परी विन्देश्वर माझी, नरेश राय, नारायण माझी, रामविश्वास माझी, दिनेश माझी र जोकु माझिको फुसको घर जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । आगलागी कसरी भएकोबारे खुल्न सकेको छैन।

रामविश्वास माझीको घरबाट आगो सल्केको बताइएको छ । रामविश्वासको घरमा राखेको ग्याँस सिलिण्डर पड्किदाँ आसपासको घरमा आगो फैलिएको हो। आगलगीबाट भएको क्षतिकझ विषयमा विवरण संकलन भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

आंशिक क्षति भएको घरको विवरण पनि अहिले संकलन भइरहेको श्रेष्ठले बताउनुभयो। आगोलाई मलंगवा नगरपालिका र हरिवन नगरपालिकाबाट पुगेको बारुण यन्त्रले नियन्त्रणमा लिएको छ । गर्मी बढेसँगै तराई मधेसमा आगलगीको जोखिम बढेको देखिन्छ ।

Back to top button