![](https://koshisandesh.com/wp-content/uploads/2024/04/nepal_cricket_eam.png)
![](https://koshisandesh.com/wp-content/uploads/2024/04/nepal_cricket_eam.png)
काठमाडौं । ओमानमा हुने एसीसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा भएको छ । एसियन क्रिकेट काउन्सिलले रोहित पौडेल कप्तान रहेको १४ सदस्यीय टोलीको सूची सार्वजनिक गरको छ ।
नेपाली टोलीमा पौडेलसँगै कुशल भुर्तेल, सन्दीप जोरा, गुल्शन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अविनाश बोहोरा, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, ललित राजबंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह हुनुहुन्छ ।
भारतमा भ्रमणमा जाँदा यही टोलीमा आकाश चन्दसमेत हुनुहुन्थ्यो । प्रिमियर कपमा भने उहाँ पर्नुभएन् । एसिया कप छनौटसमेत रहेको प्रिमियर कपमा नेपालले चैत ३० गते पहिलो खेल खल्दैछ ।