ईद पर्व मनाउन भोलि सार्वजनिक बिदा

काठमाडौं । गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व ‘ईदउत्रफित्र’को अवसरमा भोलि (बिहीबार) सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले आज विज्ञप्ति निकाली ‘ईदउत्रफित्र’को अवसरमा भोलि बिदा दिने निर्णय गरेको जनाएको हो ।

इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै भोलि ‘ईदउत्रफित्र’ मनाउने भएपछि सरकारले बिदा दिएको हो ।

केही मुस्लिमले ‘ईदउलफित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पत्र गर्छन् ।
नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन्। रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो ।

यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात ‘ईदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन् ।

Back to top button