गायक प्रमोद खरेल साउदीमा

काठमाडौं । गायक प्रमोद खरेल साउदी अरेबिया पुग्नुभएको छ । झापाली समाज साउदी अरेबियाको दोस्रो महाधिवेशनमा सहभागी हुन उहाँ साउदी पुग्नुभएको हो ।

गायक खरेलको स्वागतका लागि एयरपोर्टमा नेपाली दूतावास रियादका उपनियोग प्रमुख डम्बरू बल्लभ पौडेललगायत नेपाली समुदायको बाक्लो उपस्थिति थियो ।

कार्यक्रमा खरलेको प्रस्तुतीसँगै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अध्यक्षकोषको सुरुवात हुने भएको छ । कार्यक्रम १२ अप्रिलमा रियाद सहरको एक्जिट–९ सोनामर्केट पछाडि हुने छ ।

कार्यक्रममा खरेलले चलबतास चल, हङ्गामा भो, तिम्रो मन, बादियो,ओहि झुमा झुम्कावली ,जाली माया, परदेशी, लोभि नजरजस्ता गीत प्रस्तुत गर्नुहुने छ ।

Back to top button