सङ्खुवासभाको मकालुमा एक पुरुषको बेवारिसे शव फेला

चैनपुर । सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिका–५ लुम्बाङमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । आज बिहानको समयमा अलैंची बारीमा अन्दाजी ५० वर्ष उमेरको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

सडेको अवस्थामा पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक अशोक जवेगुले जानकारी दिनुभयो ।

‘शवको पहिचान गर्न सकिएको छैन, प्रहरी निरीक्षक जवेगुले भन्नुभयो,‘गत चैत १६ गते एक व्यक्ति हराएको भनी जिल्ला प्रहरी कार्यालयमा जानकारी आएकाले उनका आफन्तलाई समेत बोलाएका छौं र जिल्ला मातहतका प्रहरी चौकीमा खबर भइसकेको छ ।’

यस्तै, शव घटनास्थलमा नै राखिएको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button