लुम्बिनीका मुख्यमन्त्री महरा विश्वासको मत माग्दै

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत माग्नुभएको छ । प्रदेश सभाको आज बसेको बैठकमा माओवादी संसदीय दलका नेता समेत रहनुभएका उहाँले विश्वासको मत माग्नुभएको हो ।

केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण यो कार्यकालको तेस्रो मुख्यमन्त्रीका रुपमा आफू आएको भन्दै उहाँले सरकार सञ्चालनमा सबैले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सत्ता पक्ष मात्र होइन, विपक्षीलाई समेत साथमा लिएर अगाडि बढ्ने भन्दै उहाँने भन्नुभयो,‘जुन आशा र भरोसामा मलाई अगाडि सार्नु भएको छ, त्यसमा कमी हुन दिने छैन ।’

यस्तै, छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने उहाँले बताउनुभयो ।

Back to top button