राष्ट्रियसभा सदस्यमा अन्जान शाक्यलाई मनोनीत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस

काठमाडौं । सरकारले राष्ट्रिय सभाको रिक्त सदस्यमा अन्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई मनोनीतका लागि सिफारिस गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

पूर्वराजदूत अञ्जान शाक्य यसअघि राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त हुनुभएको थियो । शाक्य इजरायलका लागि नेपाली राजदूत हुनुभएको थियो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उहाँलाई राजदूत नियुक्त गरेको थियो । ओलीपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले शाक्यलाई राजदूतबाट फिर्ता बोलाएको थियो । उहाँ एमाले विदेश विभाग सदस्यसमेत हो ।

Back to top button