धनुषामा गहुँबारीमा महिलाको शव फेला

जनकपुरधाम । धनुषामा एक महिलाको शव गहुँबारीमा भेटिएको छ । धनुषाको हंसपुर नगरपालिका–७ की ५५ वर्षीया शुभदेवी मण्डलको हत्या भएको अवस्थामा शव फेला परेको हो ।

धनुषाकै सहिदनगर नगरपालिका–४ ननुपट्टी स्थित माइतीघर जानुभएकी मण्डल शनिबार साँझ ७ बजदेखि सम्पर्कविहीन हुनुहुन्थ्यो । उहाँको शव आज बिहान सवा ९ बजेतिर गाउँनजिकै गहुँ बारीमा फेला परेको हो ।

मृतक मण्डलको शरीरको विभिन्न भागमा घाउचोट देखिएको छ । कसैले हत्या गरेर खेतमा फालेको हुन सक्ने प्रहरीको आशंका छ । सोही अनुसार घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Back to top button