संघीय संसदको तेस्रो अधिवेशन आज रातिदेखि अन्त्य हुने

काठमाडौं । संघीय संसद्को तेस्रो (हिउँदे) अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ। बिहान बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य हुने घोषणा गर्नुभएको हो ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्यसम्बन्धी पत्र संसद सचिवालयमा पठाउनुभएको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। यो अवधिमा दुबै सदनबाट तीन वटा विधेयक मात्र पारित भए ।

Back to top button