राष्ट्रिय शक्तिबीच एकता आवश्यक : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकुलाई सुशासन र समृद्धिको बाटोतर्फ लैजान राष्ट्रिय शक्तिबीच एकता आवश्यक रहेको बताउनुभएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा आज भएको सो पार्टीको संसदीय दलको बैठकमा उहाँले राष्ट्रिय शक्ति मिलेर मुलुकलाई सुशासन र समृद्धिको बाटोतर्फ अगाडि लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले उपयुक्त समयमा वामपन्थी एकता हुने तर पार्टीलाई हानी पुर्‍याउनेहरुसँग भने एकता नहुने स्पष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले अहिले आफूले वामपन्थी शक्तिहरुलाई जुटाउने मात्र काम गरेको तर केही स्वार्थी तत्वले सधैं आन्दोलनलाई कमजोर बनाउने काम गरेको बताउनुभयो ।

Back to top button